
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको बताएकी छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्न नसक्नु दुखद रहेको भन्दै देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको बताइन।
‘कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सुन्नै सकेको छैन। बीऊ विजनमा त्यत्तिकै समस्या छ बल्ल बल्ल बिजारोपण गरे मलको समस्या छ। बल्ल बल्ल मल पाए सिँचाइको समस्या छ। सबैबाट पार लागेर उब्जनी भए बजारको अभाव छ,’ उनले भनिन्।
सरकारलाई प्रश्न गर्दै उनले भनिन्, ‘सरकारले कृषि क्षेत्रमा काम गर्न प्रेरणा कत्ति पनि दिन सकेको छैन। लामो समयदेखि भुक्तानी नपाउँदा किसान रुँदै बस्नु परेको छ । समग्र हाम्रो कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको छ।’
आजको बैठकमा प्रतिपक्षी कांग्रेसले नयाँ गठबन्धन सरकारले नैतिकता भूलेको आरोप लगाएको छ।