हिजो स्थगित माओवादी स्थायी कमिटी आज

काठमाडौं— नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।
गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका स्थगित भएको थियो। बिहीबार बस्नेगरी फेरि डाकिए पनि स्थगित भएको बैठक आज बस्नेछ।
कोटेश्वर पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रीय नेताको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिनेछ।
बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका केही समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठक बिहान ११ बजेपछि सुरु हुनेछ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० ०७:३४