News Griha :: न्यूजगृह
पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री
पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन्। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आइतबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए।
बागमतीमा लौरोले गर्‍यो मुख्यमन्त्री दाबी 
बागमतीमा लौरोले गर्‍यो मुख्यमन्त्री दाबी  बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (लौरो) ले मुख्यमन्त्रीको दाबी गरेको छ। हिजो र आज बसेको पार्टी बैठकले कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको प्रवक्ता रोहन कार्कीले बताए।
महाधिवेशनमा एउटै दस्तावेज बनाउने एकीकृत समाजवादीको तयारी
महाधिवेशनमा एउटै दस्तावेज बनाउने एकीकृत समाजवादीको तयारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ। पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्व दिएको हो। वामपन्थी दलसँगको कार्यगत एकतालाई प्राथमिकतामा राखेर दस्तावेज परिमार्जन गर्न लागेको पार्टीले वाम ध्रुवीकरणबाट विकास भएको नयाँ समीकरणलाई सहज र सकारात्मक प्रभाव पार्ने विषयवस्तुलाई...
अन्सारीको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित, बैठक भोलिसम्मलाई स्थगित
अन्सारीको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित, बैठक भोलिसम्मलाई स्थगित प्रतिनिधि सभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। प्रतिनिधि सभामा समानुपातिक तर्फकि सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो। बैठकमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गर्दै संसदमा अन्सारीको आत्माको शान्तिको कामना गर्दै एक मिनेट मौन धारण भएको थियो। 
प्रतिनिधि सभा सांसद मञ्जु शर्मा अन्सारीको निधन
प्रतिनिधि सभा सांसद मञ्जु शर्मा अन्सारीको निधन प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ। अन्सारीको उपचारका क्रममा सिभिल अस्पताल काठमाडौंमा निधन भएको हो।जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य अन्सारी समानुपातिक सांसद हुन्। समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त बनेको ठाउँमा अन्सारी सांसद बनेकी थिइन्।...
नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज 
नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज  आइतबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने गरी बैठक बोलाइएको छ। बाबुराम भट्टराई पक्षलाई थाहै नदिई अर्का अध्यक्ष महिन्द्र राय यादवले शनिबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी एकता गर्ने समझदारी गरेपछि आइतबार भट्टराई पक्षले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो।
देशको राजनीति सही ट्रयाकमा आयो : प्रधानमन्त्री
देशको राजनीति सही ट्रयाकमा आयो : प्रधानमन्त्री प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आएको बताएका छन्। उनले गण्डकी प्रदेशमा पनि माओवादी केन्द्रकै नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना रहेको खुलाए।पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन पोखरा पुगेका दाहालले आइतबार बिहान पार्टीका अगुवा नेताकार्यकर्तासँग भेटमा अब...
कांग्रेसले आजपनि प्रतिनिधि सभा बैठक अवरोध गर्ने 
कांग्रेसले आजपनि प्रतिनिधि सभा बैठक अवरोध गर्ने  प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बैठक बोलाइएको छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसअघि शुक्रबार प्रतिनिधि सभा बैठकम नाराबाजी गरेको थियो। कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन।आजको बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि...
प्रतिनिधि सभा आज ११ बजे, विनियोजन विधेयकमाथिको छलफल जारी रहने
प्रतिनिधि सभा आज ११ बजे, विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसदको प्रतिनिधि सभा बैठक आजलाई बोलाइएको छ। बैठक बिहान ११ बजेपछि नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ।आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
कांग्रेस अब बलियो प्रतिपक्ष: महामन्त्री थापा
कांग्रेस अब बलियो प्रतिपक्ष: महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस अब संसद्मा बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन्।नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई शनिबार पोखरामा सम्बोधन गर्दै नेता थापाले नेकपा माओवादी केन्द्र गठबन्धनबाट बाहिरिए पनि कांग्रेसले दुःख मनाउ नगरेको बताउँदै आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी गरे।
राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति हाबी छ: अध्यक्ष नेपाल
राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति हाबी छ: अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त संविधान, गणतन्त्र र सङ्घीयताको रक्षा गर्नुपर्ने बताएका छन्।रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा उनले वर्तमान राजनीतिक व्यवस्था समाप्त पार्ने प्रवृत्ति बोकेका समूह, पार्टीहरू देश र जनताको प्रमुख समस्याको रूपमा देखापरेको बताए। 
बाबुराम भट्टराई नेतृत्वको नेसपा विभाजित, महिन्द्र राय पक्ष माओवादी केन्द्रमा समाहित
बाबुराम भट्टराई नेतृत्वको नेसपा विभाजित, महिन्द्र राय पक्ष माओवादी केन्द्रमा समाहित नेपाल कम्युनिष्ट पार्टी माआवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने चार बुँदे सहमति भएको छ। शनिबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवबीच पार्टी एकता गर्ने चार बुँदे सहमति भएको छ।सहमति पत्रमा माओवादीका...
Weather Update