News Griha :: न्यूजगृह
सांसद सिंहको प्रश्न—शहीदहरुलाई १० लाख रुपैंयाँ दिनु ब्रम्हलुट भएन र ? 
सांसद सिंहको प्रश्न—शहीदहरुलाई १० लाख रुपैंयाँ दिनु ब्रम्हलुट भएन र ?  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले शहीदहरुलाई १० लाख रुपैंयाँ र अन्य सुविधा दिएर ब्रम्हलुट गर्न नपाइने बताएका छन्।  सोमबार प्रतिनिधि सभाको बैठकमा उनले नयाँ शहीदलाई दिने रकम देश निर्माण गर्ने निमार्णकर्ताहरुको बाँकी रकम भुक्तानी गर्न प्रयोग गर्नुपर्ने भन्दै यसरी ब्रम्हलुट गर्न नपाइने बताए।
संसद् हामीले अवरोध गर्न खोजेको होइन्, सदनबाट प्रधानमन्त्रीको जवाफ खोजेका हौँ— गगन थापा
संसद् हामीले अवरोध गर्न खोजेको होइन्, सदनबाट प्रधानमन्त्रीको जवाफ खोजेका हौँ— गगन थापा नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका नेता थापाले सरकारलाई कांग्रेसको साथ रहेको बताए। तर सरकारलाई साथ दिँदै गर्दा कांग्रेसले उठाएको प्रश्नमा सरकार जिम्मेवार नभएको भन्दै आरोप थापाको छ। 
गगनले भने—कृष्णबहादुर महरा पक्राउ परेको खबर सुन्यौ, सरकारलाई धन्यवाद
गगनले भने—कृष्णबहादुर महरा पक्राउ परेको खबर सुन्यौ, सरकारलाई धन्यवाद नेपाली कांग्रेसका सांसद गगन थापाले सुन तस्करी प्रकरणमा सरकारले थालेको अनुसन्धानलाई प्रभावकारी बनाउन सुझाएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा उनले भर्खरै मात्र कृष्णबहादुर महरा पक्राउ परेको खबर सुनेको भन्दै उनले सरकारलाई धन्यवाद दिएका छन्। 
राष्ट्रिय सभाका दुई समिति सभापतिको निर्वाचन आज
राष्ट्रिय सभाका दुई समिति सभापतिको निर्वाचन आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा विषयगत समिति सभापतिको निर्वाचन आज हुँदैछ। दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज सभापति पाउँदैछन्। दुवै समितिको सभापतिका लागि यसअघि नै उम्मेदवारी मनोनयनका लागि समय तोकिएकोमा एक-एक जनाको मात्रै मनोनयन दर्ता भएको छ। 
जसपाको केन्द्रीय सम्पर्क समिति पुनर्गठन
जसपाको केन्द्रीय सम्पर्क समिति पुनर्गठन जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ।ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो।
एनआरएनएलाई मिलाउन पहल गर्ने परराष्ट्रमन्त्रीको आश्वासन
एनआरएनएलाई मिलाउन पहल गर्ने परराष्ट्रमन्त्रीको आश्वासन उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभाजित एनआरएनएलाई मिलाउन पहल गर्ने बताएका छन्। उनले एनआरएनए एकजुट नहुँदासम्म लक्ष्य पूरा हुन नसक्ने भन्दै सोहीअनुसार गम्भीर हुन समेत आग्रह गरे। आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का एकपक्षका अध्यक्ष राजेन्द्र कुमार शर्मासहित पदाधिकारीहरुसँगको भेटमा पराष्ट्रमन्त्री श्रेष्ठले विभाजित एनआरएनलाई मिलाउन पहल गर्ने आश्वासन दिएका हुन्। 
प्रतिनिधि सभामा आज पनि  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता बारे छलफल हुने
प्रतिनिधि सभामा आज पनि  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता बारे छलफल हुने प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आइतबार प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएपछि सांसद अन्सारीप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको थियो। सोही बैठक र त्यसका कार्यसूची आजको बैठकबाट अघि बढ्ने संघीय संसद सचिवालयले जनाएको छ। 
महाधिवेशन तयारी गर्न एकीकृत समाजवादीका १३ कमिटी: मूल व्यवस्थापनमा नेपाल, अतिथि सत्कारमा खनाललाई जिम्मेवारी
महाधिवेशन तयारी गर्न एकीकृत समाजवादीका १३ कमिटी: मूल व्यवस्थापनमा नेपाल, अतिथि सत्कारमा खनाललाई जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनका लागि विभिन्न १३ कमिटी  गरेको छ ।पार्टीले मूल व्यवस्थापन कमिटीलाई पूर्णता दिने क्रममा गठन गरेको कमिटीमा संयोजक तथा सदस्यको जिम्मेवारी तोकिएको हो। महाधिवेशन मूल व्यवस्थापन कमिटीको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि सत्कार कमिटीको संयोजकमा झलनाथ खनाललाई जिम्मेवारी दिइएको छ।
रङ्गमञ्चका कलाकारलाई मात खुवाउने नेताहरूको ‘छेपारे प्रवृत्ति’
रङ्गमञ्चका कलाकारलाई मात खुवाउने नेताहरूको ‘छेपारे प्रवृत्ति’ सत्ताबाट निमेषभर पनि जमिनमा नटेकी झन्डासँगै नयाँ सत्ताको नेतृत्वमा सरेका प्रधानमन्त्री दाहालको परिवर्तित चालढाल, बोलिचाली र भावभङ्गिमा नै रोचक लाग्छ। सत्तोसराप गरिरहेका नेतालाई उनी जीवनसाथी जसरी अगाध माया गरिरहेका देखिन्छन् भने घनिष्ठ मित्रता रहेको पुरानो सहयात्रीलाई सौतेनी आमाका सन्तानलाई झैँ व्यवहार गरिरहेका पाइन्छन्। यो प्रवृत्ति केवल दाहालमा मात्र लागू हुँदैन,...
सांसद दीपक मनाङेले त्यागे एकीकृत समाजवादी
सांसद दीपक मनाङेले त्यागे एकीकृत समाजवादी उनले प्रदेश सभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको जानकारी गराएका छन्। ‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ उनले भनेका छन्।
उम्मेदवारी घोषणादेखि उपनिर्वाचन बहिष्कारसम्म, यस्तो छ दलहरूको इलाम-२ मा तयारी 
उम्मेदवारी घोषणादेखि उपनिर्वाचन बहिष्कारसम्म, यस्तो छ दलहरूको इलाम-२ मा तयारी  वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दिन विभिन्न राजनीतिक दलले तयारी तीव्र बनाएका छन्। केही दलले आकाङ्क्षीहरूबाट निवेदन लिइसकेका छन् भने केहीले निवेदन दिन सूचित गरेका छन्। आकाङ्क्षीहरूको निवेदन परेपछि पार्टीको विभिन्न तह हुँदै केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्ने तयारी दलहरूको...
राप्रपाका सहायक महामन्त्री बलायरसहित तीनजना निलम्बित
राप्रपाका सहायक महामन्त्री बलायरसहित तीनजना निलम्बित गत फागुन २७ गते आइतबार धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालयमा एकजना नेतामाथि भएको कुटपिट प्रकरणमा तीनजना निलम्बनमा परेका छन्।पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला कार्यालय हाता भित्रै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटको घटनामा संलग्न भएको आरोपमा तीन कार्यकर्तालाई निलम्बन गरिएको हो।
Weather Update