![सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/kp-oli-prachanda-1709534640.jpg)
सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प [पूर्णपाठ] मंगलबार, चैत ६, २०८० सत्तारुढ पाँच राजनीतिक दलले सुंयक्त साझा संकल्प सार्वजनिक गरेका छन्।मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका हुन्।

सांसदहरु हाजिर लगाएर अन्यत्रै हिँडेपछि प्रतिनिधि सभा बैठक स्थगित मंगलबार, चैत ६, २०८० सांसदहरुको गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमाथि सामान्य छलफल सकिएपछि निर्णयार्थ पेस हुँदा नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले गणपुरक संख्या यकिन गर्न माग गरेका थिए।

महिन्द्र राय यादवसहित तीन पदाधिकारी नेसपाबाट निष्काशित मंगलबार, चैत ६, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) को छैटौँ पूर्ण बैठकले अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवसहितलाई पदमुक्त गरेको छ। पार्टी विधि, पद्धति र अनुशासन विपरीत नेकपा माओवादी केन्द्रमा पार्टीलाई विलय गराउने दूषित मनसायले उनीहरूले पार्टी एकताका नाममा जारी गरेको वक्तव्यलाई सर्वसम्मत रूपमा अमान्य घोषित गर्दै पार्टी हित विपरीतका...
![यस्तो थियो संसद्मा आज भएको सवाल जवाफ [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/Prachanda_Samsad-1710833610.png)
यस्तो थियो संसद्मा आज भएको सवाल जवाफ [पूर्णपाठ] मंगलबार, चैत ६, २०८० प्रधानमन्त्री पुष्पकलम दाहालले प्रतिनिधि सभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिएका छन्।

गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग मंगलबार, चैत ६, २०८० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानविन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले दिएको जवाफ चित्त नबुझेको भन्दै घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गरे।

प्रधानमन्त्रीको जवाफपछि पनि सदनमा कांग्रेसको विरोध मंगलबार, चैत ६, २०८० प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिए पनि नेपाली कांग्रेसले विरोध गरेको छप्रधानमन्त्रीले जवाफका क्रममा सहकारी ठगीका विषयमा रवि लामिछानेको कुनै मुद्धा नरहेको बताएका थिए।

दलित विकास प्राधिकरण स्थापना गरिने मंगलबार, चैत ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले विभेदमा परेका दलितलगायत समुदायको संविधानप्रदत्त अधिकारको रक्षा गर्ने विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएको बताएका छन्। प्रतिनिधिसभाका सांसदहरूको प्रश्नहरूको जवाफ दिँदै उनले उपेक्षित, उत्पिडित, दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका समस्याका बारेमा सरकार जानकार रहेको बताए।

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न— दिपेश पुन पक्राउ गरियो गृहमन्त्री लामिछानेलाई किन गरिएन ? मंगलबार, चैत ६, २०८० नेपाली कांग्रेसका सांसद दिपक गिरीले सहकारी ठगी प्रकरणमा आरोपित दिपेश पुनलाई पक्राउ गर्दा उही प्रकरणमा आरोपित गृहमन्त्री रवि लामिछानेलाई उम्काउने प्रयास गरिएको आरोप लगाएका छन्।

अनुसन्धानमा दोषी देखिनेले उन्मुक्ति पाउँदैन: प्रधानमन्त्री मंगलबार, चैत ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने बताएका छन्। प्रतिनिधि सभाका सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने बताए। उनले भने, ‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘यसमा आफ्नो पार्टी र अरुको...

सदनमा प्रधानमन्त्री प्रचण्डको जवाफ— रवि लामिछानेविरुद्ध कुनै मुद्धा छैन मंगलबार, चैत ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सदनमा जवाफ दिइरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको मुद्धाका आरोपीलाई किन र कसरी उपप्रधान तथा गृहमन्त्री बनाइयो भन्ने प्रश्न सोध्दै प्रधानमन्त्रीको जवाफ मागेपछि अहिले प्रधानमन्त्रीले जवाफ दिइरहेका छन्। जवाफका क्रममा प्रधानमन्त्रीले सहकारी ठगीका विषयमा रवि लामिछानेको कुनै मुद्धा नरहेको बताएका छन्। उनले...

महरालाई निलम्बन गर्नेबारे माओवादी केन्द्रमा बाझियो मत मंगलबार, चैत ६, २०८० सुन तस्करी प्रकरणको छानबिनका लागि पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महराको निलम्बनलाई लिएर नेकपा माओवादी केन्द्रमा मत बाझिएको छ। पार्टी पदाधिकारीहरुको मंगलबार बसेको बैठकमा महराको निलम्बनलाई लिएर नेताहरुले फरक–फरक धारणा राखेका हुन्। पूर्व सभामुख समेत रहेका महरा सोमबार कपिलवस्तबाट पक्राउ परेका थिए। सोमबार नै काठमाडौं ल्याइएका महरामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला...

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत मंगलबार, चैत ६, २०८० नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्। यसअघि कार्यवाहक अध्यक्ष रहेका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन्।