News Griha :: न्यूजगृह
महरा पक्राउपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा
महरा पक्राउपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन् । 
आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने
आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने बिहान ११ बजेपछि संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले उठाएका सवालको जवाफ दिने कार्यसूची तय भएको छ। प्रधानमन्त्रीले सांसदले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने छन्। नयाँ सत्ता समीकरण बनेसँगै प्रमुख प्रतिपक्षी कांग्रेसले सदनमा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिसहित सांसदका सवालको जवाफ दिनुपर्ने माग राखिरहेका छन्। 
दीपक मनाङेको सांसद पद धरापमा परेको हो?
दीपक मनाङेको सांसद पद धरापमा परेको हो? नेकपा एकीकृत समाजवादी पार्टी त्यागेर गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका दीपक मनाङे उर्फ राजीव गुरुङको सांसद पद भने धरापमा पर्ने देखिएको छ।राजनीतिक दलसम्बन्धी कानुनले कुनै पनि दलमा आबद्ध भइसकेपछि त्यो दल त्यागेमा सांसद पदबाट मुक्त हुन सक्ने व्यवस्था गरेको छ।  
उपनिर्वाचनका लागि इलाममा २० र बझाङमा १९ दल दर्ता
उपनिर्वाचनका लागि इलाममा २० र बझाङमा १९ दल दर्ता आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा २० वटा राजनीतिक दल दर्ता भएका छन्। यस्तै, बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा १९ दल दर्ता भएका छन्। निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको जनाएको छ।
मधेस सरकारमा सामेल भयो एमाले, कांग्रेसका मन्त्रीहरु बर्खास्त
मधेस सरकारमा सामेल भयो एमाले, कांग्रेसका मन्त्रीहरु बर्खास्त नेकपा एमाले मधेस प्रदेश सरकारमा सहभागी भएको छ। नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन्। एमालेबाट मन्त्री बनेका यादवले सोमबार नै पद तथा गोपनीयताको शपथ समेत लिएका छन्। प्रदेश प्रमुख सुमित्रा भण्डारीले मन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।  मुख्यमन्त्री सरोजकुमार यादवले...
दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ
दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ राजीव गुरुङ (दीपक मनाङे) ले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन्। प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन्।
संसद् विघटनको खतरा देख्छु: कांग्रेस प्रमुख सचेतक लेखक
संसद् विघटनको खतरा देख्छु: कांग्रेस प्रमुख सचेतक लेखक हामीलाई बाहिर बस्न खास अप्ठ्यारो त हुँदैन तर तत्काल भूमिका परिवर्तन हुँदा सङ्क्रमणकाल जस्तो हुने रहेछ। जस्तो कि, हामी सरकारमा हुँदा हाम्रै पार्टीका नेताले अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू सदनमा प्रस्तुत गर्नुभएको थियो। त्यस विधेयकमाथि छलफल हुँनै लाग्दा सरकार परिवर्तन भयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूको जिम्मेवारी अब...
सभापति सोनाम गेल्जेनले गरे पदभार ग्रहण
सभापति सोनाम गेल्जेनले गरे पदभार ग्रहण राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनाम गेल्जेन शेर्पाले सोमबार पद वहाली गरेका छन्। सोमबार सिंहदरबारस्थित समितिको सभाकक्षमा पदवहालीपछि उनले संघीयता कार्यान्वयनको लागि समितिले सरकारलाई सहजीकरण गर्नेगरी काम गर्ने बताए।उनले भने, ‘हामी सरकारको प्रतिपक्ष भन्दापनि सरकारलाई राम्रो काम गर्न सहजीकरण गर्दै काम गर्ने वातावरण मेरो...
विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन
विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित भएकी छन्। समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो।नवनिर्वाचित सभापति पन्तलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराएका छन्। 
प्रदेश प्रमुख भण्डारीले गरिन पदभार ग्रहण
प्रदेश प्रमुख भण्डारीले गरिन पदभार ग्रहण मधेस प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छिन् । मधेस प्रदेशको प्रदेश प्रमुखको रुपमा गत बुधबार शपथ ग्रहण गरेकी नवनियुक्त प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गरेकी हुन् । सोमबार मात्रै जनकपुरधाम आईपुगेकी प्रदेश प्रमुख भण्डारी पदभार ग्रहण गरेपछि प्रदेश प्रमुखको कार्यभार वहन गर्न सबैको साथ र समन्वय...
प्रतिनिधि सभामा एउटा सदस्यको पद रिक्त
प्रतिनिधि सभामा एउटा सदस्यको पद रिक्त प्रतिनिधि सभामा एउटा सदस्य पद रिक्त भएको छ। जनता समाजवादी पार्टीकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि प्रतिनिधि सभा सदस्य पद रिक्त भएको हो। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले जसपा सांसद अन्सारीको निधन भएपछि प्रतिनिधि सभा सदस्यको एउटा पद रिक्त भएको जानकारी दिए।   
सदनमा परराष्ट्रमन्त्रीको जवाफ—रुस र युक्रेनमा फसेका नेपालीलाई चाँडै ल्याउँछौँ
सदनमा परराष्ट्रमन्त्रीको जवाफ—रुस र युक्रेनमा फसेका नेपालीलाई चाँडै ल्याउँछौँ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुस र युक्रेनमा फसेका नेपालीलाई चाँडै ल्याउन अधिकतम पहल गर्ने आश्वासन दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदले उठाएका सवालको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले नेपाल सरकारले रुसी सरकारसँग त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन पहल गरिरहेको बताए। रुस—युक्रेन युद्धका क्रममा निधन भएका नेपालीको शव नेपाल...
Weather Update