News Griha :: न्यूजगृह
मधेस सरकारमा सामेल भयो एमाले, कांग्रेसका मन्त्रीहरु बर्खास्त

काठमाडौं– नेकपा एमाले मधेस प्रदेश सरकारमा सहभागी भएको छ। नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन्। 

एमालेबाट मन्त्री बनेका यादवले सोमबार नै पद तथा गोपनीयताको शपथ समेत लिएका छन्। प्रदेश प्रमुख सुमित्रा भण्डारीले मन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। 

मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका मन्त्रीलाई बर्खास्त गरी एमालेलाई सरकारमा सहभागी गराएका हुन्। एमालेलाई प्रदेश सरकारमा ४ वटा मन्त्रालय दिने सहमति भएको जनाइएको छ। 

कांग्रेसबाट यसअघि मधेस प्रदेश सरकारमा ३ जना मन्त्री थिए। कांग्रेसबाट वीरेन्द्र सिंह स्वास्थ्यमन्त्री, भौतिक पूर्वाधारमन्त्री कृष्ण यादव र आन्तरिक मामिला तथा कानुनमन्त्री मोहम्मद समिम थिए। मुख्यमन्त्री यादवले उनीहरुलाई बर्खास्त गरी एमालेलाई सरकारमा सामेल गराएका हुन्। 

एमालेबाट पहिलो चरणमा संसदीय दलका नेता यादव भौतिक पूर्वाधारमन्त्री बनेकामा अरु मन्त्रीहरु पछि नियुक्त हुने बताइएको छ। मन्त्री बन्नका लागि एमाले भित्र दाबेदारहरु बढी रहेका कारण नाम टुंगिन बाँकी रहेको बताइएको छ। 

केन्द्रमा जस्तै मधेसमा पनि नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको गठबन्धन बनेको छ। 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:०१
Weather Update