News Griha :: न्यूजगृह
बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले विनोद चौधरीमाथि सुरु गर्‍यो अनुसन्धान
बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले विनोद चौधरीमाथि सुरु गर्‍यो अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद तथा अर्वपति व्यवसायी विनोद चौधरीमाथि अनुसन्धान अगाडि बढाएको छ। बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले चौधरीमाथि अनुसन्धान अगाडि बढाएको हो।प्रतिनिधि सभा सदस्य रहेका चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा सीआईबीले सभामुख देवराज घिमिरेलाई समेत जानकारी गराएको छ।
ओलीको प्रश्नः काठमाडौंका १० मध्य १ क्षेत्रमा मात्र कसरी जितियो? 
ओलीको प्रश्नः काठमाडौंका १० मध्य १ क्षेत्रमा मात्र कसरी जितियो?  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका निर्वाचन क्षेत्रहरूमा हार स्वीकार्य नहुने भन्दै पार्टी कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन्। नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काठमाडौंमा एमालेको प्रदर्शन कमजोर भएको भन्दै सुधार्न आवश्यक रहेको औंल्याए। उनले भने, राजधानीले सिंगो देशको प्रतिनिधित्व गर्छ। काठमाडौंमा...
सुन तस्करी प्रकरणमा पक्राउ परेका महराबाट पीएसओको सुविधा खोसियो
सुन तस्करी प्रकरणमा पक्राउ परेका महराबाट पीएसओको सुविधा खोसियो सुन तस्करी प्रकरणको छानबिनका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) खोसिएका छन्। गृह मन्त्रालयको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले महराका पीएसओलाई फिर्ता बोलाएको हो। महराको व्यक्तिगत सुरक्षाका लागि प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) १ जना र वरिष्ठ हवल्दार १ जना गरी २...
संसद् बैठकमा अर्थमन्त्रीको खोजी, सांसदले रोके भाषण
संसद् बैठकमा अर्थमन्त्रीको खोजी, सांसदले रोके भाषण विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रतिनिधि सभाको रोस्ट्रममा पुगेपछि अर्थमन्त्री वर्षमान पुन नदेखेपछि सांसद खतिवडाले अर्थमन्त्री उपस्थित नभएको बारे प्रश्न उठाए। विनियोज विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहँदा अर्थमन्त्री नै संसद् बैठकमा अनुपस्थित भएको भन्दै उनले मन्त्री नआउन्जेल छलफल गर्नुको अर्थ नहुनेबारे सभामुखको ध्यानाकर्षण गराए। 
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गरको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय माग्दै कांग्रेस सांसद ईश्वरी न्यौपानेले छानबिन समिति बनाउन माग गर्दै नभए सदन चल्न नदिने चेतावनी दिएकी हुन्। 
इलाम २: कांग्रेस, एमाले, रास्वपा, राप्रपासहित पहिचान पक्षधर पनि चुनावी मैदानमा
इलाम २: कांग्रेस, एमाले, रास्वपा, राप्रपासहित पहिचान पक्षधर पनि चुनावी मैदानमा इलाम क्षेत्र नम्बर- २ मा हुने उपनिर्वाचनले राजनीतिक दलको सक्रियता बढेको छ। जिल्लामा क्रियाशील दल उपनिर्वाचनमा आफ्नो पार्टीलाई अब्बल बनाउने गृहकार्यका साथ मतदाता नजिक पुग्न थालेका छन् भने यो उपनिर्वाचनमा इलाममा स्वतन्त्र उम्मेदवारको संख्या पनि बढ्ने देखिएको छ। सत्तारुढ नेकपा एमालेमा जिल्ला कमिटीबाट सिफारिस भएका ६ जनाको नाम प्रदेश कमिटीबाट...
छातीमा हात राखेर सोच्नुहोस् त प्रधानमन्त्री ज्यू!
छातीमा हात राखेर सोच्नुहोस् त प्रधानमन्त्री ज्यू! प्रतिनिधि सभामा आज पनि प्रमुख प्रतिपक्षी दलले विरोध गरेको छ। संसद्‌को बैठक सुरु हुनासाथ कांग्रेस सांसदले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई आफ्नो माग राख्न समय दिएका थिए। संसद्‌मा न्यौपानले आफूहरूले विगतदेखि नै उठाउँदै आएको विषयमा प्रधानमन्त्रीले हिजो दिएको जवाफ चित्त नबुझेको बताइन। उनले भविष्यका लागि...
प्रेम सुवाल र तोसिमा कार्कीलाई सभामुखले किन बोल्न दिएनन् ?
प्रेम सुवाल र तोसिमा कार्कीलाई सभामुखले किन बोल्न दिएनन् ? प्रतिनिधि सभाको बैठक जारी छ। बैठकमा नेपाल मजदुर किसान पार्टीबाट सांसद रहेका प्रेम सुवालले सरकारमाथि प्रश्न उठाउँदै गर्दा बीचमै सभामुख देवराज घिमिरेले रोके। सुवालले टेलिकमको सेवा प्रवाहको कुरा उठाएपछि दोस्रो प्रश्नका रुपमा सरकारी अस्पतालको विषय उठाउँदै गर्दा सभामुखले आकस्मिक समय भित्रको प्रश्न नभएको भन्दै बोल्न रोके। सभामुखले रोके पनि सुवालले...
बोलेको कुरा पुर्‍याउने नेताको छवि बनाएका गिरिजाबाबु र उनको ढुकुर कथा
बोलेको कुरा पुर्‍याउने नेताको छवि बनाएका गिरिजाबाबु र उनको ढुकुर कथा उनको स्मृति दिवसमा नेपाली कांग्रेस केन्द्रीय समितिले भने कुनै कार्यक्रमको आयोजना गरेको छैन। देशभरका ७७ वटै जिल्ला कार्यसमितिले भने कोइरालालाई सम्झने भएका छन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रले नै सबै जिल्लालाई कार्यक्रमको आयोजना गर्न निर्देशन दिएको हो। २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर...
सहकारी ठगी प्रकरण: सदनमा गृहमन्त्रीमाथि ‘आक्रमण’ जारी राख्ने कांग्रेसको संकेत
सहकारी ठगी प्रकरण: सदनमा गृहमन्त्रीमाथि ‘आक्रमण’ जारी राख्ने कांग्रेसको संकेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार पनि प्रतिनिधि सभा बैठक अवरुद्ध पार्ने भएको छ। सहकारी ठगीका विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले छानविन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएको हो। सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त...
आज संघीय संसद्का दुवै सदनको बैठक, प्रतिनिधि सभामा मन्त्रालयगत प्रश्नोत्तरको सम्भावित कार्यसूची
आज संघीय संसद्का दुवै सदनको बैठक, प्रतिनिधि सभामा मन्त्रालयगत प्रश्नोत्तरको सम्भावित कार्यसूची प्रतिनिधि सभामा आज शून्य समय, विशेष समय र मन्त्रालयगत प्रश्नोत्तर रहने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, आजको बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता र सरकारले प्रस्तुत गरेको विनियोजनका विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुने सम्भावित कार्यसूची छ। राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको...
नेपाली भूमि फिर्ता ल्याउन ५ दलले प्रभावकारी कूटनीतिक प्रयास गर्ने
नेपाली भूमि फिर्ता ल्याउन ५ दलले प्रभावकारी कूटनीतिक प्रयास गर्ने सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने भएको छ। सरकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा उक्त प्रयास अगाडि बढाउने उल्लेख छ।
Weather Update