News Griha :: न्यूजगृह
प्रेम सुवाल र तोसिमा कार्कीलाई सभामुखले किन बोल्न दिएनन् ?

काठमाडौं— प्रतिनिधि सभाको बैठक जारी छ। बैठकमा नेपाल मजदुर किसान पार्टीबाट सांसद रहेका प्रेम सुवालले सरकारमाथि प्रश्न उठाउँदै गर्दा बीचमै सभामुख देवराज घिमिरेले रोके। 

सुवालले टेलिकमको सेवा प्रवाहको कुरा उठाएपछि दोस्रो प्रश्नका रुपमा सरकारी अस्पतालको विषय उठाउँदै गर्दा सभामुखले आकस्मिक समय भित्रको प्रश्न नभएको भन्दै बोल्न रोके। सभामुखले रोके पनि सुवालले खबरदारी गरिरहे। 

तर सभामुखले मर्यादित रुपमा आग्रह गरेको भन्दै अम्मरबहादुर थापालाई बोल्ने समय दिएका थिए। 

त्यस्तै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले पनि आफ्नो आसनबाट उठेर बोल्न माग गरेकी थिइन। उनलाई पनि सभामुख घिमिरेले मैले समय नदिइ बोल्न नपाइने भन्दै रोकेका थिए। 

कार्कीलाई बोल्नबाट रोकेर सभामुखले बैठकको शुन्य समय प्रारम्भ गरेका थिए। 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:४१
Weather Update