News Griha :: न्यूजगृह
उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार, इलाम २ बाट सुहाङ चुनाव लड्ने
उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार, इलाम २ बाट सुहाङ चुनाव लड्ने आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ। आइतबार बसेको एमाले सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको हो। संघीय संसद्‌को दोस्रो ठूलो दल एमालेले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बझाङ क्षेत्र...
च्यासलमा एमाले सचिवालय बैठक जारी 
च्यासलमा एमाले सचिवालय बैठक जारी  सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको हो। बैठकमा वर्तमान राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। साथै राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तयारीका विषयमा पनि छलफल हुने कार्यसूची रहेको बताइएको छ। 
चितवन पुगेर रवि लामिछानेले भने— जीवी राई छिट्टै पक्राउ पर्छन्
चितवन पुगेर रवि लामिछानेले भने— जीवी राई छिट्टै पक्राउ पर्छन् गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए। सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए। सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास...
उपनिर्वाचन बारे छलफल गर्न आज नेकपा एमालेको सचिवालय बैठक
उपनिर्वाचन बारे छलफल गर्न आज नेकपा एमालेको सचिवालय बैठक सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ। ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ। यसका अतिरिक्त सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू...
परराष्ट्रमन्त्री ९ दिने भ्रमणका लागि आज चीन जाँदै
परराष्ट्रमन्त्री ९ दिने भ्रमणका लागि आज चीन जाँदै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाँदैछन्। चीनको ९ दिने भ्रमणका लागि श्रेष्ठ आज चीन प्रस्थान गर्ने कार्यक्रम छ। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चीन जान लागेका परराष्ट्रमन्त्री श्रेष्ठले मंगलबार समकक्षी यीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा भ्रमणको एजेन्डा सार्वजनिक नगरे...
बाबुरामको प्रस्ताव– संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔँ
बाबुरामको प्रस्ताव– संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔँ ‘वर्षमा तीन चोटी गठबन्धन र सरकार परिवर्तन हुने र उनै भिजनविहीन, गफाष्टक, आत्मकेन्द्रित, विवादास्पद मान्छेबीच कुर्सी साटासाट भइरहने हो भने भिजनरी नेतृत्व सहितको राजनीतिक स्थिरता कसरी हासिल हुन्छ? लोकतान्त्रिक स्थिरताबिना देश कसरी सुशासित र समृद्ध हुन्छ?,’ उनले एक्स मार्फत प्रश्न गरेका छन्, ‘यस निम्ति छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित...
कांग्रेसलाई जस्तो गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन: रवि लामिछाने
कांग्रेसलाई जस्तो गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन: रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको ठूलो राजनीतिक दल नेपाली कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा रास्वपाको वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले काम गर्न नसकेको दिन नै सत्ता छाडेर जानेगरि सबैको झोलामा राजीनामा तयारी अवस्थामा राखेको भन्दै...
मधेसमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट ३ मन्त्रीले लिए शपथ
मधेसमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट ३ मन्त्रीले लिए शपथ मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्।शनिबार एमालेका शत्रुधनप्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन्।
गृहमन्त्रीले नैतिकता गुमाइसके, एक मिनेट पनि पदमा बस्ने छुट छैन : शेखर
गृहमन्त्रीले नैतिकता गुमाइसके, एक मिनेट पनि पदमा बस्ने छुट छैन : शेखर नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन्। सडकदेखि संसद्सम्म चौतर्फी विरोध भइरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको कोइराला बताए। 
मधेस सरकारलाई दिएको समर्थन कांग्रेसले लियो फिर्ता
मधेस सरकारलाई दिएको समर्थन कांग्रेसले लियो फिर्ता ‘मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ,’ कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा बुझाएको पत्रमा उल्लेख छ।
यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय
यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय न्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको राष्ट्रिय भूमि आयोग विघटन गरेको छ।मन्त्रिपरिषद्ले चैत ११ गतेदेखि १९ गतेसम्म हुने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको साताव्यापी चीन भ्रमणलाई अनुमति दिएको छ।
पत्रकारको प्रश्न: एमाले समाजवादी मोर्चामा सहभागी हुने हो?, ओलीको जवाफ– ‘हैन’
पत्रकारको प्रश्न: एमाले समाजवादी मोर्चामा सहभागी हुने हो?, ओलीको जवाफ– ‘हैन’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा एमाले सहभागी नहुने बताएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारमा भेटेर बाहिरिँदै गर्दा उनले पत्रकारलाई संक्षिप्‍त प्रतिक्रिया दिए। समाजवादी मोर्चामा एमाले सहभागी हुने हो? भन्ने पत्रकारहरूको प्रश्नमा ओलीले भने- ‘हैन’।
Weather Update