News Griha :: न्यूजगृह
मधेसमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट ३ मन्त्रीले लिए शपथ
मुख्यमन्त्री सरोजकुमार यादव

काठमाडौं— मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्।

शनिबार एमालेका शत्रुधनप्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन्।

लेखीले गृह, सञ्चार तथा कानून, सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन्।

यसअघि मधेस सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसकेका छन्।

शनिबार मन्त्रिपरिषद् विस्तारसँगै मधेस सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन्।

नेपाली कांग्रेस-माओवादी-जसपा गठबन्धन भत्किएर नेकपा एमालेसहितको गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका थिए।

त्यस्तै मधेस सरकारबाट जनमत पार्टीका २ जना बाहिरिएपछि कुल ५ वटा मन्त्रालय खाली भएको थियो। जसमध्ये ४ वटा एमालेले पाएको छ भने एउटा माओवादी केन्द्रलाई दिने मुख्यमन्त्रीको तयारी छ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १६:४३
Weather Update