News Griha :: न्यूजगृह
पत्रकारको प्रश्न: एमाले समाजवादी मोर्चामा सहभागी हुने हो?, ओलीको जवाफ– ‘हैन’

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा एमाले सहभागी नहुने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारमा भेटेर बाहिरिँदै गर्दा उनले पत्रकारलाई संक्षिप्‍त प्रतिक्रिया दिए। समाजवादी मोर्चामा एमाले सहभागी हुने हो? भन्ने पत्रकारहरूको प्रश्नमा ओलीले भने- ‘हैन’।

के के कुरा भयो प्रधानमन्त्रीसँग भनेर पत्रकारले थप प्रश्न गर्दा ओलीले भने— ‘राम्रै कुरा भयो’। 

शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सामेल गराउने निर्णय गरेको थियो।

त्यसका लागि मोर्चाले ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो। लगत्तै प्रचण्ड ओलीबीच भेट भएको थियो। 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:५१
Weather Update