News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार, इलाम २ बाट सुहाङ चुनाव लड्ने

काठमाडौं— आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ। आइतबार बसेको एमाले सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको हो। 

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन हुँदैछ।  

Prabhu Bank

संघीय संसद्‌को दोस्रो ठूलो दल एमालेले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सुहाङ नेकपा एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन्। सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ मा प्रतिनिधि सभा सदस्य पद रिक्त भएको थियो। 

बझाङ क्षेत्र नम्बर  १ को प्रदेश सभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 

ज्ञवालीले भने,‘बैठकले आगामि बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट पार्टीको तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बझाङको प्रदेश सभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।’
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १५:३८
Weather Update