News Griha :: न्यूजगृह
सरकारले अधिनायकवादको पूर्वाभ्यास गर्दैछ: शेखर कोइराला
सरकारले अधिनायकवादको पूर्वाभ्यास गर्दैछ: शेखर कोइराला नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले अधिनायकवादको पूर्वाभ्यास गर्न थालेको आरोप लगाएका छन्। सामाजिक सञ्जालबाट आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै नेता कोइरालाले संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय तहका राजनीतिक संरचना बलियो बनाउनुको साटो जिल्लाका प्रशासनिक संरचनालाई बलियो बनाएर अधिनायवादको अभ्यास गर्न खोजेको आरोप लगाए। 
आज तीन वटा संसदीय समितिको बैठक 
आज तीन वटा संसदीय समितिको बैठक  आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ।सभामुख देवराज घिमिरेसहित प्रमुख दलका प्रमुख सचेतक विदेश भ्रमणमा उडेपछि शुक्रबारदेखि अब एक सातासम्म प्रतिनिधि सभा बैठक छैन। शुक्रबार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बोलाइएको छ। बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ। 
मिटरब्याजविरुद्ध जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय
मिटरब्याजविरुद्ध जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्ने भएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको हो। बैठकले आयोग गठनका लागि कार्यविधि तयार गर्न गृह मन्त्रालयमातहतका अधिकारीहरुलाई निर्देशन गरेको छ।
चाँडै टुङ्ग्याउनु पर्ने संसद्‌का विधेयक थाती राखेर स्वीट्जरल्याण्ड उड्यो सभामुख नेतृत्वको जम्बो टोली
चाँडै टुङ्ग्याउनु पर्ने संसद्‌का विधेयक थाती राखेर स्वीट्जरल्याण्ड उड्यो सभामुख नेतृत्वको जम्बो टोली संसदमा चाँडै टुङ्ग्याउनुपर्ने विधेयकलाई थाती राखेर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे विदेश उडेका छन्।घिमिरे जम्बो टोलीको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड प्रस्थान गरेका हुन्। सभामुख घिमिरेले आफू विदेश जानकै लागि १० दिन प्रतिनिधि सभा बैठक स्थगन गरेका छन्। उनी चैत १६ गते बिहान नौ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ। आफू १६...
छ महिनाभित्र विधान र एक वर्षमा महाधिवेशन गर्ने लोसपाको निर्णय
छ महिनाभित्र विधान र एक वर्षमा महाधिवेशन गर्ने लोसपाको निर्णय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी छ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ।महोत्तरीको बर्दिबासमा बसेको लोसपाको केन्द्रीय कमिटी बैठकपछि निर्णय सार्वजनिक गर्न बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा लोसपा अध्यक्ष महन्त ठाकुरले जिल्लादेखि वडासम्म पार्टीको पुनर्गठन गरी सुदृढीकरण अभियान चलाउने बताए।
बयानका क्रममा भक्कानिँदै महराले भने– सुन तस्करीमा मेरो कुनै संलग्नता छैन
बयानका क्रममा भक्कानिँदै महराले भने– सुन तस्करीमा मेरो कुनै संलग्नता छैन स्रोतका अनुसार बयानका क्रममा महरा भक्कानिएका थिए। भेपमा लुकाएर भएको सुन तस्करीबारे प्रश्न सोध्न सुरु गरेपछि महरा भक्कानिएका थिए। अनुसन्धान अधिकृतहरुले ‘स्थिति सहज’ बनाउँदै कुराकानी गरेपछि महराले संक्षिप्त बयान दिएका थिए। बयानका क्रममा महराले सुन तस्करीमा संलग्नता देखिएका चिनियाँ नागरिक दाओजिन वाङसँग आफ्नो चिनजान रहेको विषय स्वीकार गरेका छन्। तर...
जनता र पार्टीको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछः अध्यक्ष ओली
जनता र पार्टीको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछः अध्यक्ष ओली अध्यक्ष ओलीले भने, ‘देश र जनताको काममा सक्रिय भएर लाग्नुस्, समाजको विकासमा लाग्नुस्, पार्टीको काममा सक्रिय हुनुहोस्, तबमात्रै टिकट पाइन्छ। पार्टीको अब आउने अधिवेशनमा होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस्, पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन्।’  
रास्वपाको उम्मेदवार सार्वजनिक गर्न रवि लामिछाने इलाम जाने
रास्वपाको उम्मेदवार सार्वजनिक गर्न रवि लामिछाने इलाम जाने आउँदो बैशाख १५ गते हुने उपनिर्वाचनले इलाममा राजनीतिक चहलपहल बढ्दै गइरहेको छ। राजनीतिक दलहरुले उम्मेदवारको सिफरिस धमाधम गरिरहेका छन्।यसै सिलसिलामा चैत १७ गते उम्मेद्वारको नाम सार्वजनिक कार्यक्रमका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वयम इलाम जाने भएका छन्। 
दल सम्बन्धी ऐन संशोधन गर्न निर्वाचन आयोगले माग्यो सुझाव
दल सम्बन्धी ऐन संशोधन गर्न निर्वाचन आयोगले माग्यो सुझाव निर्वाचन आयोगले राजनीतिक दलको व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा हुनुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव माग गरेको छ ।नेपालको संविधान र हालको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न आयोगले सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा ऐन संशोधन निर्देशन समिति र आयोगका सचिवको संयोजकत्वमा...
आज चार संसदीय समितिको बैठक, अर्थ समितिमा बजेटबारे छलफल हुने
आज चार संसदीय समितिको बैठक, अर्थ समितिमा बजेटबारे छलफल हुने प्रतिनिधिसभा अन्तर्गत्का चार वटा संसदीय समितिको बैठक आज बस्दै छ।बिहीबार कानून न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे र महिला तथा सामाजिक विकास समितिको बैठक साढे १० का लागि बोलाइएको छ । अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा...
एकीकृत समाजवादीले मनाङेलाई स्पष्टीकरण सोध्ने 
एकीकृत समाजवादीले मनाङेलाई स्पष्टीकरण सोध्ने  नेकपा एकीकृत समाजवादीले पार्टी गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने भएको छ। बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
Weather Update