आज तीन वटा संसदीय समितिको बैठक

काठमाडौं— आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ।
सभामुख देवराज घिमिरेसहित प्रमुख दलका प्रमुख सचेतक विदेश भ्रमणमा उडेपछि शुक्रबारदेखि अब एक सातासम्म प्रतिनिधि सभा बैठक छैन।
शुक्रबार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बोलाइएको छ। बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ।
बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बोलाइएको छ।
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८० ०९:४४