News Griha :: न्यूजगृह
जनता र पार्टीको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछः अध्यक्ष ओली

भक्तपुर— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन्।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले अब पार्टी सदस्यताकै आधार बनाएर टिकट नदिने बताए।

पार्टीको सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर मात्र टिकट नबाँडिने ओलीको भनाई थियो ।

उनले देश, जनता र पार्टीको काममा निरन्तर लाग्नेलाई मूल्याङ्कनका आधारमा पार्टी र चुनावमा टिकट दिइने दाबी गरे।

अध्यक्ष ओलीले भने, ‘देश र जनताको काममा सक्रिय भएर लाग्नुस्, समाजको विकासमा लाग्नुस्, पार्टीको काममा सक्रिय हुनुहोस्, तबमात्रै टिकट पाइन्छ। पार्टीको अब आउने अधिवेशनमा होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस्, पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन्।’  

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:२७
Weather Update