News Griha :: न्यूजगृह
छातीमा हात राखेर सोच्नुहोस् त प्रधानमन्त्री ज्यू!

काठमाडौं— प्रतिनिधि सभामा आज पनि प्रमुख प्रतिपक्षी दलले विरोध गरेको छ। संसद्‌को बैठक सुरु हुनासाथ कांग्रेस सांसदले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई आफ्नो माग राख्न समय दिएका थिए। 

संसद्‌मा न्यौपानले आफूहरूले विगतदेखि नै उठाउँदै आएको विषयमा प्रधानमन्त्रीले हिजो (मंगलबार) दिएको जवाफ चित्त नबुझेको बताइन। उनले ‘भविष्यका लागि चार–चार पैसा बचत गर्ने पीडितले हार गुहार गर्दा तपाईंलाई छोएन प्रधानमन्त्री ज्यू?’ भन्दै प्रश्न गरिन्। 

उनले भनिन्, ‘पीडितका समस्या सुनेर पनि तपाईंलाई दुखेन प्रधानमन्त्री ज्यू, छातीमा हात राखेर सोच्नुहोस् त।’

न्यौपानेले कांग्रेसलाई सदन चाहिएको भन्दै सदनमा हुने छलफल र बजेटको महत्त्वका बारेका कांग्रेस गम्भीर रहेको बताइन्। 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:५१
Weather Update