आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं— प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
बिहान ११ बजेपछि संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले उठाएका सवालको जवाफ दिने कार्यसूची तय भएको छ।
प्रधानमन्त्रीले सांसदले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने छन्। नयाँ सत्ता समीकरण बनेसँगै प्रमुख प्रतिपक्षी कांग्रेसले सदनमा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिसहित सांसदका सवालको जवाफ दिनुपर्ने माग राखिरहेका छन्।
प्रतिपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटक पटक संसद्मा प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ।
प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिन संसद् सचिवालयमा पहिले नै प्रश्न टिपाउनु पर्छ । संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० ०६:४५