News Griha :: न्यूजगृह
प्रतिनिधि सभामा एउटा सदस्यको पद रिक्त
दिवंगत सांसद मञ्जु शर्मा अन्सारी (फाइल तस्बिर)

काठमाडौं— प्रतिनिधि सभामा एउटा सदस्य पद रिक्त भएको छ। जनता समाजवादी पार्टीकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि प्रतिनिधि सभा सदस्य पद रिक्त भएको हो। 

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले जसपा सांसद अन्सारीको निधन भएपछि प्रतिनिधि सभा सदस्यको एउटा पद रिक्त भएको जानकारी दिए।   

जसपा सांसद अन्सारीको ६० वर्षको उमेरमा आइतबार निधन भएको थियो। हृदयघात भएपछि काठमाडौंको सिभिल अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा निधन भएको थियो। 

अन्सारी १९ चैत २०७९ मा प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन्। यसअघि निर्वाचित शहनाज रहमानको निधन भएपछि जसपाले उनलाई  समानुपातिक सांसद चयन गरेको थियो।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १३:४३
Weather Update