News Griha :: न्यूजगृह
महरा पक्राउपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा

काठमाडौं— सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ।
 
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन् । 

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार सुन तस्करी प्रकरणमा समातिएपछि अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले नेताहरूसँग त्यसबारे समेत छलफल गर्न लागेका हुन्। 

पार्टी उपाध्यक्ष महराको पक्राउपछिको पहिलो पदाधिकारी बैठक भएकाले यसलाई महत्वका साथ हेरिएको छ। 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०९:२८
Weather Update