News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको जवाफपछि पनि सदनमा कांग्रेसको विरोध

काठमाडौं— प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिए पनि नेपाली कांग्रेसले विरोध गरेको छ

प्रधानमन्त्रीले जवाफका क्रममा सहकारी ठगीका विषयमा रवि लामिछानेको कुनै मुद्धा नरहेको बताएका थिए। 

त्यसपछि प्रधानमन्त्रीसँगको सवाल जवाफ चलेको थियो। प्रधानमन्त्रीसँगको सवाल जवाफ सकेपछि सभामुखले संसद्‌को कार्यसूचीमा प्रवेश गर्दा कांग्रेसले अवरोध गरेको थियो। 

त्यसपछि सभामुखले कांग्रेस प्रमुख सचेतक रमेश लेखकलाई समय दिएका थिए। लेखकले गृहमन्त्री लामिछानेले नै सहकारी पीडक रहेको बताएका छन्। 

प्रधानमन्त्रीले दिएको जवाफमा कांग्रेसको चित्त नबुझेको भन्दै प्रधानमन्त्रीलाई नै गलत सुचना दिइँदैछ भने कसरी निष्पक्ष छानबिन होला ? भन्दै प्रश्न गरेका छन्। 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:०६
Weather Update