
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सदनमा जवाफ दिइरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको मुद्धाका आरोपीलाई किन र कसरी उपप्रधान तथा गृहमन्त्री बनाइयो भन्ने प्रश्न सोध्दै प्रधानमन्त्रीको जवाफ मागेपछि अहिले प्रधानमन्त्रीले जवाफ दिइरहेका छन्।
जवाफका क्रममा प्रधानमन्त्रीले सहकारी ठगीका विषयमा रवि लामिछानेको कुनै मुद्धा नरहेको बताएका छन्। उनले भने, ‘सहकारी ठगीको विषयमा उहाँ (रवि लामिछाने) सञ्चालक समिति, लेखा समिति, ऋण समिति तथा अदालतको कुनै पनि विचाराधीन मुद्धामा पनि उहाँ जोडिएको देखिएको छैन।’
आफ्नो सरकारको प्राथमिकता नै सुशासन रहेको भन्दै प्रधानमन्त्रीले सुशासन कायम राख्न जोखिम मोल्ने बताए।
उनले भने, ‘मेरो सरकारको पहिलो प्राथमिकता नै सुशासन रहेको र सुशासनका लागि जस्तो सुकै कदम चाल्ने प्रतिवद्धता पटक पटक गरेको छु। यसकै लागि सुन प्रकरण, भ्रष्टाचारलगायतका काण्डमा नियमित अनुसन्धान भइरहेको छ। मैले लामो व्याख्या गर्नु पर्दैन घटनाक्रमले पनि पुष्टि गर्छ।’