काठमाडौं— नेपाली कांग्रेसका सांसद गगन थापाले सुन तस्करी प्रकरणमा सरकारले थालेको अनुसन्धानलाई प्रभावकारी बनाउन सुझाएका छन्।
आजको प्रतिनिधि सभाको बैठकमा उनले भर्खरै मात्र कृष्णबहादुर महरा पक्राउ परेको खबर सुनेको भन्दै उनले सरकारलाई धन्यवाद दिएका छन्।
सरकारले प्रभावकारी रुपमा सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अनुसार काम गर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेका छन्। नेता थापाले सरकारलाई कांग्रेसको साथ रहेको बताउँदै कांग्रेसले उठाएको प्रश्नमा सरकार जिम्मेवार नभएको भन्दै आरोप थापाको छ।
उनले भने, ‘हामीले सदन अवरोध गर्न खोजेको होइन्। यतिबेला कांग्रेसलाई नै सबैभन्दा धेरै सदन चाहिएको छ। सदनमा हामीले जनताका धेरै कुरा उठाउनुछ। तर हाम्रो भनाइ यतिमात्र हो। हामीले उठाएका सवालको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ। अनि प्रधानमन्त्री सदनमा हुनुपर्छ।’
सहकारी पीडितले न्याय खोज्दै दिन प्रतिदिन गुहार मागिरहेका बेला सहकारी ठगीकै आरोप खेपेका व्यक्ति गृहमन्त्री बनेको अवस्थामा प्रधानमन्त्रीले दिने जवाफ के हुने भन्ने प्रश्न थापाको छ।