News Griha :: न्यूजगृह
सांसद दीपक मनाङेले त्यागे एकीकृत समाजवादी
फाइल तस्बिर।

काठमाडौं— गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले एकीकृत समाजवादी त्यागेका छन्।

उनी स्वतन्त्र रूपमा निर्वाचित भएर एकीकृत समाजवादी प्रवेश गरेका थिए। तर केन्द्रमा भएको राजनीतिक समीकरणको फेरबदलपछि उनले पार्टी छोडेका हुन्।

उनले प्रदेश सभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको जानकारी गराएका छन्। ‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ उनले भनेका छन्।

मनाङेले कांग्रेस सरकारलाई समर्थन गर्न सक्ने देखिएको छ। 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १८:३८
Weather Update