एकीकृत समाजवादी छोडेको भोलिपल्टै दीपक मनाङे मन्त्री

काठमाडौं— नेकपा एकीकृत समाजवादी परित्याग गरेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका हुन्। हिजो मात्रै उनले प्रदेश सभा सचिवलाई दल त्याग गरेको जानकारी गराएका थिए।
उनी स्वतन्त्र रूपमा निर्वाचित भएर एकीकृत समाजवादी प्रवेश गरेका थिए।
तर केन्द्रमा भएको राजनीतिक समीकरणको फेरबदलपछि उनले एकीकृत समाजवादी पार्टी छोडेका हुन्। मनाङे यसअघि पनि गण्डकी प्रदेशमा युवा तथा खेलकुदमन्त्री भएका थिए।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० १३:३४