प्रतिनिधि सभा आज ११ बजे, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

काठमाडौं— संघीय संसदको प्रतिनिधि सभा बैठक आजलाई बोलाइएको छ। बैठक बिहान ११ बजेपछि नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै,२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा भैरहेको छलफलको क्रमलाई आज पनि निरन्तरता दिइने संघीय संसद सचिवालयले जनाएको छ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० ०७:१९