
काठमाडौं— प्रतिनिधि सभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ।
प्रतिनिधि सभामा समानुपातिक तर्फकि सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो।
बैठकमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गर्दै संसदमा अन्सारीको आत्माको शान्तिको कामना गर्दै एक मिनेट मौन धारण भएको थियो।
सांसद अन्सारीको उपचारका क्रममा सिभिल अस्पताल काठमाडौंमा निधन भएको हो।
जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य अन्सारी समानुपातिक सांसद हुन्। समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त बनेको ठाउँमा अन्सारी सांसद बनेकी थिइन्। अन्सारी ०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।
२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन्।