News Griha :: न्यूजगृह
प्रतिनिधि सभा सांसद मञ्जु शर्मा अन्सारीको निधन

काठमाडौं— प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ। अन्सारीको उपचारका क्रममा सिभिल अस्पताल काठमाडौंमा निधन भएको हो।

जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य अन्सारी समानुपातिक सांसद हुन्। समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त बनेको ठाउँमा अन्सारी सांसद बनेकी थिइन्। अन्सारी ०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य बनेकी थिइन्। 

२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन्। 

अन्सारीको निधनमा शोक प्रकट गर्न सभामुख देवराज घिमिरे आजै सिभिल अस्पताल पुगेका थिए।

No description available.

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:२८
Weather Update