News Griha :: न्यूजगृह
राष्ट्रिय सभामा आज सुरक्षित कारोबार विधेयक प्रस्तुत हुने

काठमाडौं— राष्ट्रिय सभाको बैठक आज बस्दैछ। राष्ट्रिय सभामा नारायणप्रसाद दाहाल अध्यक्ष नियुक्त भएपछिको यो पहिलो बैठक हो। 

बैठक बिहान ११ बजेर १५ मिनेटका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ। 

आजको बैठकमा राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सबन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ। 

त्यस्तै अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक २०८० माथि बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । 

बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०७:११
Weather Update