
काठमाडौं— जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारलाई समर्थन नगरे पनि सफल कार्यकालको शुभकामना दिएका छन्।
वर्तमान सरकारलाई विश्वासको मत दिने अवस्था नै नरहेको बताउँदै उनले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चयन गर्ने व्यवस्था हुनुपर्ने बताए।
उनले भने, ‘संसदमा विश्वासको मतका लागि जे जे बहस भए पनि जनताले के पाइरहेको छ भन्ने सोध्न चाहन्छु। निर्वाचन अघि भएको गठबन्धनले कति घातक हुँदो रहेछ भन्ने अहिले यहाँ पुष्टी भइरहेको छ। यहाँ गठबन्धनको फेरबदल र विश्वासको मत कसरी हाल्ने भन्ने हामीलाई गाह्रो भइरहेको छ। जनताले दिएको विश्वासको मतलाई हामीले कसरी प्रयोग गर्ने भन्ने छैन। त्यसैले जनताबाटै प्रत्यक्ष चुनिने प्रधानमन्त्रीको व्यवस्था गर्न पहल गरौँ।’
विगतमा गठबन्धन सरकारले आफूमाथि धरपकड गरेको सुनाउँदै सदनमा आवाज उठाउने नै धरपकडमा पर्दा जनता कस्तो अवस्थामा छन् भन्ने भान आफूलाई हुने गरेको बताए।