घट्यो विश्वासको मत
प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक पाए विश्वासको मत

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्।
बुधबार भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको हो भने १ जना तटस्थ रहे।
मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो।
प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए।
त्यसबेला प्रधानमन्त्री प्रचण्डले २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए।
त्यसपछि नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रचण्डले २०७९ चैत ६ गते दोस्रो पटक विश्वासको मत लिए।
त्यतिबेला प्रचण्डलाई १७२ सांसदले विश्वासको मत दिएका थिए। ८९ सांसद विपक्षमा थिए।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० १५:३९