News Griha :: न्यूजगृह
संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न— नेपालमा सरकार नभएर कुर्सीमात्र हो ?

काठमाडौं— सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सरकारको अभावनै नभएको भन्दै संसदबाट व्यंग्य गरेका छन्। 

प्रतिनिधि सभाको आजको बैठकमा उनले सरकार छ भने रसिया—युक्रेन युद्धमा अलपत्र नेपालीको उद्धारमा किन ढिलाई भन्दै प्रश्न गरे। उनले भने, ‘के देशमा सरकार छ?  छ भने रसियामा अलपत्र परेका पाँच नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धार गरिदिन किन सहयोग मागिरहेका छन्? नेपालले किन सक्दैन्। किनकी नेपालमा सरकार छैन। नेपालमा त कुर्सीमात्र छन्। त्यही पनि कहिलेवारी कहिले पारी। वारी जमुना पारी जमुना भनेजस्तो।’

रसिया—युक्रेन युद्धमा गोरखाका कुमार श्रेष्ठले गोली हानेको र युक्रेनका तर्फबाट युद्धमा सहभागी भएका संखुवासभाका युवकको मृत्यु भएको भन्दै शाहीले यताको नेपालीले उताको नेनपालीलाई गोली हान्ने अवस्था रोक्न सरकारले किन भूमिका नखेलेको भन्दै प्रश्न गरे। 

उनले प्रधानमन्त्रीलाई कटाक्ष गर्दै भने, ‘आफ्नै जिल्लाका नागरिकको उद्धार गर्न नसक्नेले देशका जनताको उद्धार गर्छन् भनेर कसरी विश्वास गर्ने ?’

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:०९
Weather Update