News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको केही गरौँ भन्ने हुटहुटीलाई साथ दिन जोखिम मोलेरै सरकारमा आयौँ— स्वर्णीम वाग्ले

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णीम वाग्लेले जोखिम मोलेरै भए पनि वर्तमान सरकारलाई साथ दिएको बताएका छन्। तीन महिनाअघि प्रधानमन्त्रीसँग भएको भेटमा प्रधानमन्त्रीमा देशका लागि केही गरौँ भन्ने हुटहुटीमा हामीले साथ दिन राजी भएका थियौँ। 

प्रतिनिधि सभाको बैठकमा वाग्लेले प्रधानमन्त्रीको अस्थिरता बेइमानीको कुरा नगरी परिवर्तनका विषयमा खोजी गर्नुपर्ने बताए। उनले भने, ‘ब्याज खाएर होइन, कुर्सी ओगटेर होइन, कामै गरेर राष्ट्रिय हितका सवालमा काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले जोखिम लिएर प्रधानमन्त्रीलाई साथ दिएको छ।’
 
‘नयाँ पार्टी हो। चोखै बसेको भए हुन्थ्यो। ०८४ मा बहुमत ल्याएर  सरकारको नेतृत्व गरेको भए हुन्थ्यो भन्ने हाम्रो पार्टीभित्र बहस हुने गरेकै छ। जनमतले पनि त्यही भनेकै छ,’ उनले भने, ‘ तर प्रधानमन्त्रीको देशका लागि केही गरौँ भन्ने हुटहुटीलाई हामीले साथ दिएका हौँ।’

उनले भने, ‘राजकागको अभ्यास गर्नै पर्छ। चेस खेल्न थालेपछि गोटी चाल्नैपर्छ। हामी बिगार्न भत्काउन तोड्न आएका होइनौँ। हाम्रो यो प्रवेश ससर्त छ। काम गर्न देखाउन आएका हौँ। प्रतिपक्षमा पनि रचनात्मक भूमिका खेल्यौँ। सरकारमा पनि डेलिभरी दिन्छौँ। हामीले युवा र जागरण जगाउन सक्ने मन्त्रालय रोजेरै लिएका छौँ। गर्न सकेनौँ भने हामी आफैँ छाड्छौँ। प्रधानमन्त्रीले गलहत्याएर निकाल्नुपर्दैन।’

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:३७
Weather Update