News Griha :: न्यूजगृह
देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फस्यो : कांग्रेस सांसद केसी

काठमाडौं— नेपाली कांग्रेस सांसद अर्जुन नरसिंह केसीले देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको बताएका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे।

उनले भने, ‘देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको छ। साढे ३३ किलो तस्करीबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेललेको अध्यक्षतामा समिति गठन भएको थियो। तर ७ सय ५२ पेजको उक्त प्रतिवेदन गायब गरियो। अहिले ४ सय २५ पेजको डिल्लीराम आचार्यको प्रतिवेदन आएको छ। यो पनि त्यसरी नै हराउने काम नहोस्। जो दोषी छन्, उनीहरूमाथि कारबाही होस्।’ 

उनले देशकै सबैभन्दा भ्रष्टाचारको ठूलो काण्ड एनसेल प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १२:३५
Weather Update