गृहमन्त्रीको राजीनामा माग्दै संसद्मा कांग्रेसको नाराबाजी, बैठक स्थगित
-1710497760.jpg)
काठमाडौं— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रतिनिधि सभाको शुक्रबारको दोस्रो बैठक पनि स्थगित भएको छ।
दोस्रो बैठक सुरु भएसँगै सभामुखले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० प्रस्तुत गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई अनुमति दिएपछि कांग्रेस सांसदहरू नाराबाजीमा उत्रेका थिए।
केहीबेरको नाराबाजी पछि सभामुखले बैठकको कार्यसूची हटाइएको जानकारी दिँदै बैठक स्थगन गरेका हुन्।
अर्को बैठक यही चैत ४ गते बिहान ११ बजे बस्ने छ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १६:३१