कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।
शुक्रबार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले विवादित व्यक्ति लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका हुन्।
‘आफूमाथि प्रश्न बोकेर उहाँ (लामिछाने) गृहमन्त्री बन्न हुँदैन थियो,’ प्रतिनिधि सभा सदस्य पौडेलले भने, ‘त्यसैले उच्च नैतिकता देखाएर उहाँलाई पदबाट राजीनामा दिन म माग गर्दछु।’
आफैँ सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीले सहकारी पीडितहरूलाई कसरी न्याय दिन सक्छन् भनी उनले प्रश्न गरे।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १२:२२













