माओवादी केन्द्रको विधानले पायो पूर्णता

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टी विधानलाई सम्पादन सहित पूर्णता दिएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादन सहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकमा विधानलाई समृद्ध बनाउने सम्बन्धमा छलफल भएको थियो।
माओवादीले विधान निर्माण गर्न गत फागुन १ गतेदेखि काठमाडौंमा प्रथम विधान सम्मेलन आयोजना गरेको थियो।
बैठकले राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका नारायण दाहालको राजीनामा स्वीकृत गरेको छ। दाहाल माओवादी स्थायी समिति सदस्य थिए।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १७:३८