गठबन्धन कार्यदलका सदस्यहरू छलफलमा

काठमाडौं— सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक शनिबार बिहान बस्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे बजे ९ बजे कार्यदलको बैठक बस्न लागेको हो। कार्यदलले हिजो नै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ।
गठबन्धनका शीर्ष नेताहरूसमक्ष छलफलका लागि प्रस्तुत गर्नु अघि कार्यदलका सदस्यहरू छलफलमा जुट्न लागेका हुन्।
कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ।
प्रकाशित मिति: शनिबार, चैत ३, २०८० ०८:३४