कांग्रेसद्वारा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान सोमबार, जेठ ७, २०८१

रातो पासपोर्ट काण्डः गृहमन्त्रीलाई कारबाही गर्न धनराजले लेखे सभामुखलाई पत्र सोमबार, जेठ ७, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति समेत रहेका सांसद धनराज गुरुङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै सभामुखलाई पत्र लेखेका छन्। पूर्व कानुनमन्त्री समेत रहेका सांसद गुरुङले लामिछानेको आइतबार संसद्को अभिव्यक्तिले आफ्नो मानमर्दन भएको भन्दै कारबाही गर्न माग गरेका हुन्।
-1716199320.jpg)
संसद्भित्र बधाई नपाएको विश्वासको मत सोमबार, जेठ ७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट आज विश्वासको मत पाएका छन्।
-1710756575.jpg)
कांग्रेस बैठकको समीक्षाः सभामुखको भूमिका गैरजिम्मेवार, गृहमन्त्रीलाई पदीय मर्यादा थाहा भएन सोमबार, जेठ ७, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको संसद् बैठकको समीक्षा गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन्। कांग्रेससहित विपक्षी दलहरुको विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएपछि संसदीय दलको बैठक बोलाएको कांग्रेसले सो विषयमा समीक्षा गरेको हो। बैठकपछि पत्रकार सम्मेलन गरी कांग्रेसका प्रमुख सचेतक रमेश...
-1715858240.jpg)
राष्ट्रिय सभामा कांग्रेसको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित सोमबार, जेठ ७, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ। सोमबार बसेको राष्ट्रिय सभा बैठकको कारबाही प्रारम्भ सुरु भएसँगै कांग्रेसका सांसदहरुले विरोध जनाएका थिए। यसअघिका बैठकहरुमा पनि कांग्रेसले निरन्तर अवरोध गर्दै आइरहेको थियो। कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै निरन्तर संसदीय छानबिन समिति...

कांग्रेसले भन्यो– प्रधानमन्त्रीले संसदीय इतिहासमै अनौठो नजिर स्थपित गर्नुभयो सोमबार, जेठ ७, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षीहरुको विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएर अनौठो नजिर स्थापित भएको जनाएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सो कुरा बताएका हुन्। संसद्मा विपक्षीहरुले विरोध जनाइरहेका बेला प्रधानमन्त्रीले विश्वासको मत लिएको इतिहास...
-1715927453.jpg)
कांग्रेसले बोलायो विपक्षी दलको बैठक सोमबार, जेठ ७, २०८१ संसद्मा निरन्तर विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेससहित विपक्षी दलहरुको विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्। आजको बैठकको समीक्षा र आगामी बैठकको रणनीति बनाउनका लागि विपक्षी दलको बैठक बोलाइएको कांग्रेस सांसद रामहरी खतिवडाले जानकारी दिए। विपक्षी दलको बैठकपछि संसदीय...

संसद्मा अवरोधकाबीच प्रधानमन्त्रीले पाए विश्वासको मत सोमबार, जेठ ७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेका हुन्। आजको बैठकको मतदान प्रक्रियामा १५८ जना सहभागि रहेका थिए। जसमध्ये प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको छ भने मत दिन्न भन्ने पक्षमा एक मत मात्रै परेको हो। संविधानको धारा...
-1716188875.jpg)
कांग्रेसलाई प्रचण्डको चेतावनी– तपाईँहरुले ठूलो मूल्य चुकाउनुपर्नेछ सोमबार, जेठ ७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को आजको गतिविधिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठूलो चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेसले अवरोध कायम गरिरहेको छ। सोहीक्रममा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका छन्। कांग्रेसले होहल्ला गरिरहँदा जबरजस्ती रुपमा विश्वासको मतको प्रक्रिया अघि बढाइएको...
-1716187649.jpg)
संसद्मा विपक्षीको बेवास्ता, जबरजस्ती विश्वासको मत लिने प्रक्रिया अघि बढाइयो सोमबार, जेठ ७, २०८१ संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षीको होहल्लाकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्।आज बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेससहित विपक्षी दलहरुले होहल्ला गरिरहे पनि विश्वासको मत लिने प्रक्रिया अघि बढिरहेको छ। होहल्लाकाबीच प्रधानमन्त्रीले विश्वासको मत मागेका छन्। संसद्मा अवरोध कायम रहँदा सभामुख देवराज घिमिरेले मर्यादापालकको सहयोगमा प्रधानमन्त्रीलाई रोस्टमसम्म...

कांग्रेसको होहल्लाबीच संसद्मा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ ७, २०८१ संसद्मा कांग्रेससहित विपक्षी दलहरुको अवरोध कायम रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसले होहल्ला गरिरहेको छ। तर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागिरहेका छन्। यसअघि आजै बसेको बैठकमा कांग्रेसले अवरोध गरेको थियो। कांग्रेसको अवरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो।
-1716185490.jpg)
संसद्मा कांग्रेसको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित सोमबार, जेठ ७, २०८१ आज बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ। यसअघि निरन्तर संसद्मा अवरोध गरिरहेको कांग्रेसले आज पनि निरन्तरता दिएको हो। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समितिको माग कांग्रेसले गरिरहेको छ।
-1716184453.jpg)
कांग्रेसलाई सभामुखको आग्रह– छानबिन समितिको गृहकार्य भइरहेको छ, आज सहकार्य गरौँ सोमबार, जेठ ७, २०८१ सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद् बैठकमा अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गरेका छन्। आज बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसद्मा हुने मतभेदहरुलाई मिलाएर लैजानुपर्नेमा जोड दिएका हुन्। गत जेठ १ गते नीति तथा कार्यक्रमका बेलामा सत्ता र प्रतिपक्ष...