प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ‘ह्वीप’सोमबार, जेठ ७, २०८१

कांग्रेस संसदीय दलको बैठक जारी सोमबार, जेठ ७, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ। केहीबेरअघि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको छ। जारी बैठकमा सहकारी ठगी प्रकरणका विषयमा छलफल भइरहेको छ। आइतबार बसेको संसद् बैठकमा उपप्रधान एवं गृहमन्त्रीको सम्बोधनको विषयमा पनि समीक्षा हुनेछ।
-1715153168.jpg)
उपेन्द्र यादवले सर्वोच्च अदालतमा दिएको रिटमा आज सुनुवाइ हुँदै सोमबार, जेठ ७, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वमा गठित जनता समाजवादी पार्टी (जसपा)का ७ जना सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक सोमबार, जेठ ७, २०८१ प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको सम्बोधनबारे समीक्षा हुने सोमबार, जेठ ७, २०८१ संसदीय छानबिन समिति बनाउन विषयमा सत्तापक्ष र प्रतिपक्षबीच शनिबार नै सहमति भइसकेको छ। तर आइतबारको समितिको कार्यक्षेत्रका विषयमा भने सहमति हुन सकेन। कांग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने भन्दै आएको छ।

चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री, कांग्रेसको अवरोधले अन्योल सोमबार, जेठ ७, २०८१ संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।

सोमबार बिहानसम्म छानबिन समिति नबने कांग्रेसले संसद्को कामकारबाही अघि बढ्न नदिने आइतबार, जेठ ६, २०८१ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार बिहान ११ बजेसम्म संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।प्रतिनिधि सभा बैठकपछि आइतबार बेलुकी संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै कांग्रेस महामन्त्री गगन थापाले सोमबार बिहानसम्म संसदीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेका हुन्।

प्रहरीले गृहमन्त्रीलाई सोध्न सकेन, त्यसकारण संसदीय छानबिन समिति चाहिएको होः गगन थापा आइतबार, जेठ ६, २०८१ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अस्तिसम्म सांसदमात्रै रहेका रवि लामिछाने अहिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका कारण संसदीय छानबिन समिति गठन गर्नुपर्ने परिस्थिति बनेको बताएका छन्।उनले सांसदमात्रै हुँदा लामिछानेमाथि सहकारी ठगीमा प्रहरी र सीआइबीले अनुसन्धान गरिरहेको र लामिछाने गृहमन्त्री भएपछि ती छानबिनका सबै कामहरू रोकिएको बताए।

‘गृहमन्त्रीले त अनुसन्धान गर्ने हो, दोषी भए कारबाही गर्ने हो, थर्काएर हुँदैन’ आइतबार, जेठ ६, २०८१ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आफ्नो दोष लुकाउन गृहमन्त्री रवि लामिछानेले सांसद, मिडिया र आम नेपाली नेपाली नागरिकलाई बहकाउने काम गरेको आरोप लगाएका छन्। सहकारी ठगी प्रकरणबारे आफूमाथि लागेका आरोपमा गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकमा जवाफ दिएका थिए। जवाफ दिने क्रममा लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै...

सोमबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तयार, राष्ट्रपतिलाई धन्यवाददेखि प्रधानमन्त्रीको विश्वासको मतसम्म आइतबार, जेठ ६, २०८१ जसमा सरकारको नीति तथा कार्यक्रम पेस गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्तावदेखि प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव रहेका छन्।

गृहमन्त्री बोलेपछि प्रतिनिधिसभा बैठक स्थगित, सोमबार बस्ने आइतबार, जेठ ६, २०८१ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आइतबारको सबै कार्यसूची हटाएको जानकारी दिए।प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख घिमिरेले जानकारी दिए। प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित भएको हो।

सहकारी मात्रै होइन, खसी, बोका र बाख्रा पाल्नेको पनि छानबिन गरौँः रवि लामिछाने आइतबार, जेठ ६, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन गरेर बाहिर पठाउनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले प्रमाण जुटाएर कारबाही गर्ने आँट गरे हुने पनि बताए।

गृहमन्त्री लामिछानेको चेतावनी- अब देश तपाईँहरूको गनगनले मात्र चल्दैछ आइतबार, जेठ ६, २०८१ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाईँहरूको गनगनले मात्र देश नचल्ने चेतावनी दिँदै झुटा मुद्दा र मिडिया ट्रायलले आफू नडराउने बताए।लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले कांग्रेसलाई प्रश्न गरेका छन्।