News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ‘ह्वीप’

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसद्हरुलाई ‘ह्वीप’ जारी गरेको छ। 

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले विज्ञप्ति जारी गर्दै आज बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य रुपमा उपस्थित भएर विश्वासको मत दिन आग्रह गरेका हुन्। 

‘हाम्रो पार्टी वर्तमान सरकार साझेदारीको एक प्रमुख पार्टी भएकाले यस राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको निर्णय अनुसार उक्त प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित जनाउन र प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण प्रतिनिधि सभा सदस्यज्यूहरुलाई यो ह्विप जारी गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।  

आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्। बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक अझै सुरु भएको छैन। 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:२०
Weather Update