सोमबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तयार, राष्ट्रपतिलाई धन्यवाददेखि प्रधानमन्त्रीको विश्वासको मतसम्म

काठमाडौं— प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको कार्यसूची तयार भएको छ।
संघीय संसद महासचिव पद्मप्रसाद पाण्डेयले बिहान ११ बजे बस्ने संसदको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन्।
जसमा सरकारको नीति तथा कार्यक्रम पेस गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्तावदेखि प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव रहेका छन्।
त्यस्तै, नेपाल सरकारको वार्षिक प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची रहेका छन्।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ २०:१०