News Griha :: न्यूजगृह
कांग्रेस सभापति देउवालाई रविको प्रश्न- प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ?
कांग्रेस सभापति देउवालाई रविको प्रश्न- प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ? उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरेका छन्।सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्‌मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए।
उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारबाही गरेको जानकारी 
उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारबाही गरेको जानकारी  जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर साह सुडी, रन्जुकुमारी झा, विरेन्द्र प्रसाद महतो, प्रदीप यादव हसिना खान र सुशीला श्रेष्ठलाई कारवाही गरेको जानकारी दिएका हुन्।
कार्यदल बैठक: किन मिलिरहेको छैन ‘क्षेत्राधिकार’मा कुरा? 
कार्यदल बैठक: किन मिलिरहेको छैन ‘क्षेत्राधिकार’मा कुरा?  सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन दलहरु सहमत भए पनि त्यसका क्षेत्राधिकारका विषयमा भने सहमति हुन सकेको छैन। छानबिन समितिको कार्यादेश (टीओआर) बनाउनका लागि गठित कार्यदलको बैठक आइतबार बिहानैदेखि बसे पनि अहिलेसम्म त्यसको टुंगो लाग्न नसकेको हो।उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी...
कार्यदलले कार्यादेश बनाउन नसक्दा संसद् बैठकको समय पुनः धकेलियो 
कार्यदलले कार्यादेश बनाउन नसक्दा संसद् बैठकको समय पुनः धकेलियो  बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठकको समय २ पटक सारिसकिएको छ।बिहान ११ बजे बैठक बस्न नसकेपछि २ बजेसम्मका लागि सारिएकोमा पुनः साढे ४ बजेसम्मका लागि सारिएको हो। सहकारी ठगी प्रकरणको विषयमा पेचिलो बन्दा संसदीय छानबिन समितिको कार्यादेश तयार गर्न बनेको कार्यादलको बैठक जारी रहेको छ। कानुन मन्त्रालयमा जारी...
भोलिसम्मका लागि सारियो राष्ट्रिय सभा बैठक 
भोलिसम्मका लागि सारियो राष्ट्रिय सभा बैठक  राष्ट्रिय सभा बैठक सोमबारसम्मका लागि सारिएको छ। आज दिउँसो १ः१५ का लागि बैठक बोलाइएकोमा दिउँसो ३ः१५ बजेसम्मका लागि २ घण्टा बैठक सारिएको थियो। तर अन्तिममा सोमबार दिउँसो १ः१५ सम्मका लागि बैठक सारिएको हो। सहकारी ठगी प्रकरणको विषयले प्रतिनिधि सभा जस्तै राष्ट्रिय सभाको बैठक पछि प्रभावित बन्दै आइरहेको थियो।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा शंका नगरे हुन्छः माधव नेपाल
प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा शंका नगरे हुन्छः माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा दुईमत नभएको बताएका छन्। आज पेसागत महासंघ नेपालको २९औं स्थापना दिवस तथा ‘सहयात्रा’ विमोचन समारोहमा नेपालले आफ्नो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने  कि नदिने भन्ने प्रश्नै नउठ्ने बताए। 
गृहमन्त्री लामिछानेलाई सदनमा सुन्न विपक्षी तयार 
गृहमन्त्री लामिछानेलाई सदनमा सुन्न विपक्षी तयार  प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभाको आजको बैठकमा बोल्न दिने भएका छन्।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाउनुभएको विपक्षी दलहरुको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको हो।
बर्तौला भन्छन्- संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक छौँ
बर्तौला भन्छन्- संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक छौँ सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि गठित कार्यदलको बैठक केही समयका लागि स्थगित भएको छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आधा घण्टाको समय मागेपछि बैठक केही समयका लागि स्थगित भएको र सहमति नजिक पुगेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। 
राष्ट्रियसभाको बैठक पनि सर्‍यो
राष्ट्रियसभाको बैठक पनि सर्‍यो आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ। संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिए। 
सहकारी ठगी प्रकरणः रविको नाममा अड्कियो संसदीय समितिको ‘क्षेत्राधिकार’ 
सहकारी ठगी प्रकरणः रविको नाममा अड्कियो संसदीय समितिको ‘क्षेत्राधिकार’  सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपनि कार्यदेश टुंगिन सकेको छैन। जसको कारण आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय २ बजेलाई सारिए पनि अझैसम्म बैठक सुरु हुन सकेको छैन। 
राप्रपाले बोलायो केन्द्रीय समिति बैठक 
राप्रपाले बोलायो केन्द्रीय समिति बैठक  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौंमा आह्वान गरेको छ। पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, संघीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानका लागि बैठक आह्वान गरिएको सो पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए।  
टीओआरमा सहमति नजुट्दा संसद् बैठक सर्‍यो
टीओआरमा सहमति नजुट्दा संसद् बैठक सर्‍यो बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको छ। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक अहिले जारी रहेको छ। कानुन मन्त्रालयमा जारी बैठकमा कार्यादेश कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य...
Weather Update