News Griha :: न्यूजगृह
प्रधानमन्त्री र कांग्रेसबीचको छलफल सकियो, संसदीय छानविन समिति बनाउने सहमति भएको हो? 
प्रधानमन्त्री र कांग्रेसबीचको छलफल सकियो, संसदीय छानविन समिति बनाउने सहमति भएको हो?  बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ।छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन्।‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकारात्मक हुनुहुन्छ,’ बैठकमा सहभागी भएका कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘ उहाँले सत्तापक्षका दलसँग छलफल...
अलमलमा सामान्य प्रशासन मन्त्री, सरुवा-बढुवामा पीएहरुको हालीमुहाली   
अलमलमा सामान्य प्रशासन मन्त्री, सरुवा-बढुवामा पीएहरुको हालीमुहाली    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सार्वजनिक कार्यक्रमहरूमा भन्ने गरेका छन्– ‘मन्त्रालयमा बसेर नियमित काममा लाग्नै पाइनँ। सरुवा बढुवाको कुरामै अलमल भइरहेको छ।’हुन पनि मन्त्री जोशीलाई यति असजिलो छ कि सरुवा बढुवाको चाप र दबाबले उनकै सचिवालयमा शक्ति संघर्ष चल्न थालेको छ। मन्त्री जोशीलाई उनकै स्वकीय सचिव...
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा एकमत प्रतिपक्षी दल
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा एकमत प्रतिपक्षी दल सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन्। शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिए। यस्तै बैठकले बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे उनलाई नै भेटेर ध्यानाकर्षण...
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य सचिवालयका सूचना अधिकारी युवराज जैशीले सरकार गठन र विघटन लिने बाहेक अन्य काम नभएको बताए।  यसअघि बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका केही सांसदको वेल घेराउ र नाराबाजीका बाबजुद मुख्यमन्त्री दीर्घबहादुर सोडारीको विश्वासको मत लिनेसम्बन्धी कारबाही अघि बढाइएको थियो। नेकपा एकीकृत समाजवादी संसदीय...
नेता कार्यकर्तालाई मूलधारमा फर्किन उपेन्द्र यादवको आव्हान
नेता कार्यकर्तालाई मूलधारमा फर्किन उपेन्द्र यादवको आव्हान उनले भनेका छन्, 'जसपा नेपाल एक विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी हो। जसले उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराई/मधेसबीचको पारस्परिक सम्मान र एकता निर्माण गर्न संगठन भएकोले पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश...
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग शनिबार वार्ता गर्ने
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग शनिबार वार्ता गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरूबीच शुक्रबार साँझ हुने भनिएको भेटघाटको तालिका सरेको छ। शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट तय भएको थियो। तर, उक्त भेट शनिबार बिहानमात्रै हुने भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
कोशीमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ
कोशीमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन्। नव नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन्।मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद्को विस्तार गरेका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन्।
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय भ्रष्टाचार निवारण ऐनको दफा ५० ले सार्वजनिक पद धारण गरेको व्यक्तिले आफू पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ। तर सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानुनी बाध्यता...
कोशीको मन्त्रिमण्डल विस्तार, कसलाई के जिम्मेवारी? 
कोशीको मन्त्रिमण्डल विस्तार, कसलाई के जिम्मेवारी?  कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिमण्डल विस्तार गर्दै १० सदस्यीय बनाएका छन्।  विस्तारित मन्त्रिमण्डल अनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिलाबल्लभ अधिकारी, स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की रहेका छन्। त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्रीमा गणेश उप्रेती, सिँचाइ तथा उर्जा मन्त्रीमा एकराज कार्की...
अन्ततः आइतबारसम्मका लागि सर्‍यो संसद् बैठक 
अन्ततः आइतबारसम्मका लागि सर्‍यो संसद् बैठक  संसद् बैठक आगामी जेठ ६ गते आइतबारसम्मका लागि सारिएको छ।आज बिहानका लागि बैठक आह्वान गरिएको थियो। तर संसद्मा जारी अवरोध हट्ने संकेत नभएपछि दिउँसो २ बजेसम्मका लागि बैठक सारिएको थियो।संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति...
ओलीले भने– हिजो कांग्रेसले संसद्मा अपशब्द बोल्यो 
ओलीले भने– हिजो कांग्रेसले संसद्मा अपशब्द बोल्यो  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उत्ताउलो व्यवहार देखाएको टिप्पणी गरेका छन्। शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले बिहीबार आफू भएको ठाउँमा आएर कांग्रेसले अभद्र व्यवहार गरेको बताए।‘कांग्रेसले उत्ताउलोपन देखाएर म भएको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्न खोज्ने,...
निरन्तर संसद् अवरोध भएपछि कांग्रेस नेताहरुलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
निरन्तर संसद् अवरोध भएपछि कांग्रेस नेताहरुलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल भर्ने भएका छन्। निरन्तर सहकारी प्रकरणका विषयमा छानबिन समितिको माग राखेर निरन्तर संसद् अवरोध गरेपछि प्रधानमन्त्रीले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन्। छलफलका लागि साँझ बालुवाटार बोलाइएको कांग्रेसका उपसभापति समेत रहेका सांसद धनराज गुरुङले न्यूजगृहलाई जानकारी दिए। 
Weather Update