नेता कार्यकर्तालाई मूलधारमा फर्किन उपेन्द्र यादवको आव्हान

काठमाडौं— जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएर गएका नेता कार्यकर्तालाई मूलधारमा फर्किन आव्हान गरेका छन्।
यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जसपा नेपालबाट अलग भएर गएका नेता कार्यकर्तालाई पार्टीको मूलधारमा फर्किन आव्हान गएका हुन्।
उनले भनेका छन्, 'जसपा नेपाल एक विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी हो। जसले उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराई/मधेसबीचको पारस्परिक सम्मान र एकता निर्माण गर्न संगठन भएकोले पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा जानु भएका साथीहरूलाई गलत बाटो छोडेर आफ्नो मूलधारको जसपा नेपालमा फर्किन आव्हान गर्दैछौँ।'
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ १९:२८