News Griha :: न्यूजगृह
प्रधानमन्त्री र कांग्रेसबीचको छलफल सकियो, संसदीय छानविन समिति बनाउने सहमति भएको हो? 

काठमाडौं— बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ।

छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन्।

‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकारात्मक हुनुहुन्छ,’ बैठकमा सहभागी भएका कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘ उहाँले सत्तापक्षका दलसँग छलफल गर्नु पर्ने होला।’

कांग्रेसको माग सम्बोधन गर्नेबारे आजै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग छलफल गर्ने छन्। दिउँसो २ बजे बस्ने  बैठकमा समिति गठन गर्ने वा नगर्ने टुंगो लाग्नेछ। 

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। तर, सत्ता पक्ष त्यसमा सहमति नहुँदा संसद् प्रभावित भएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १२:०२
Weather Update