अब संसदीय छानबिन समिति बन्दैन: रास्वपाबिहीबार, जेठ ३, २०८१
-1715770493.jpg)
प्रधानमन्त्री दाहाल, ओली र लामिछानेबीच संसद् भवनमा छलफल जारी बिहीबार, जेठ ३, २०८१ संसद् भवनमा जारी छलफलमा प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्मा देखाएको व्यवहार, संसद् अवरुद्ध र निकासका विषय छलफल भइरहेको एक नेताले बताए। कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले बिहीबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको छ। यो अवस्थाका कारण गृहमन्त्रीले बोल्न भने पाएनन्।

संसद्मा कांग्रेसले नारा– 'संसदीय मर्यादा कायम गर, सहकारी ठगलाई कारबाही गर' बिहीबार, जेठ ३, २०८१ प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेको समयमा सभामुखले कार्यसूची अगाडि बढेपछि नेपाली कांग्रेसले संसदीय मर्यादाको नारा लगाएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूची पढ्न थाले।

कांग्रेसले असंसदीय व्यवहार गर्योः एमाले बिहीबार, जेठ ३, २०८१ नेकपा एमालेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ।एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अराजकता मच्याएको आरोप लगाउदै संसद्मा मुठभेडको थलो नबनाउन आग्रह गरे।उनले कांग्रेसले संसद्मा आफ्नो कुरा लादिरहने र अरुको कुरा नसुन्ने बाटोमा हिँडिरहेको आरोप लगाए ।

सभामुखको भूमिकामा कांग्रेसको शंका, बोलायो संसदीय दलको बैठक बिहीबार, जेठ ३, २०८१ प्रमुख प्रतिपक्षी सहितका विपक्षी दल विरोधमा उभिँदा पनि प्रतिनिधिसभाको बैठक अघि बढाउन खोजेकोमा आपत्ति जनाउँदै सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको छ।त्यसको समीक्षा गर्न कांग्रेसले शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज बिहीबार, जेठ ३, २०८१ सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज गरिदिएको छ।न्यायाधीश प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनिलकुमार पोखरेलको इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेजी हुने फैसला सुनाएको हो।

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित बिहीबार, जेठ ३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ।नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका थिए। उनले राष्ट्रपतिको पत्र पढेर सुनाउँदै गर्दा कांग्रेस सांसदले निरन्तर नाराबाजी गरिरहे।

प्रतिनिधि सभामा सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच धकेलाधकेल बिहीबार, जेठ ३, २०८१ प्रतिनिधि सभा बैठकमा तनाव सिर्जना भएको छ। सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबीच धकेलाधकेल भएको छ।

संसद्मा कांग्रेसको अवरोध, होहल्लाबीच राष्ट्रपति कार्यालयको पत्र सुनाउँदै सभामुख बिहीबार, जेठ ३, २०८१ बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध खडा गरेको छ। आज अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि करिब २ घण्टा ढिला गरी बैठक सुरु भएको हो। कांग्रेसकै विरोधकाबीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु बाचन गरेका छन्।

कांग्रेससँग रविको आक्रोशः एकपटक बोल्न माग्दा घिनलाग्दो मिडिया ट्रायल? बिहीबार, जेठ ३, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संसद्मा बोल्न खोज्दा प्रमुख प्रतिपक्ष दलका नेपाली कांग्रेसको कारण रोकिएपछि आक्रोश व्यक्त गरेका छन्। सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएको भन्दै छानबिन समिति बनाउनुपर्ने मागसहित कांग्रेसले निरन्तर संसद्मा अवरोध गर्दै आइरहेको छ। आज पनि बिहान ११ बजे बोलाइएको बैठक ४ बजेसम्मका लागि सारिए पनि अझैसम्म सुरु...
-1715858240.jpg)
कांग्रेसका कारण अवरुद्ध राष्ट्रिय सभा, भोलिसम्मका लागि बैठक स्थगित बिहीबार, जेठ ३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुका कारण आजको राष्ट्रिय सभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। यसअघि मंगलबारको राष्ट्रिय सभा बैठक पनि स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को दुवै सदनमा उपप्रधान एवं गृहमन्त्रीले रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरिरहेको...
-1715339816.jpg)
संसद्मा कांग्रेसले अवरोध कायमै राख्ने बिहीबार, जेठ ३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को अवरोधलार्ई जारी राख्ने भएको छ।आज प्रधानमन्त्रीसँग सहमतिको प्रयास भए पनि सफल हुन नसकेपछि कांग्रेसले अवरोधलाई जारी नै राख्ने भएको हो। कांग्रेस नेताहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएमा सरकारले संसदीय छानबिन समिति बनाउने प्रस्ताव गरेका थिए।
कांग्रेससँग प्रधानमन्त्रीको प्रस्तावः रविलाई बोल्न दिए संसदीय छानबिन समिति बनाउँछौँ बिहीबार, जेठ ३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागप्रति सत्तापक्ष लचक भएको छ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले निरन्तर छानबिन समितिको मागसहित संसद्मा अवरोध कायम गर्दै आइरहेको छ। आज बिहान बोलाइएको संसद् बैठक पनि कांग्रेसको अडानकै कारण अपरान्ह ४ बजेसम्मका लागि सारिएको छ। बैठक नै सारेर प्रधानमन्त्री...