News Griha :: न्यूजगृह
सभामुखको भूमिकामा कांग्रेसको शंका, बोलायो संसदीय दलको बैठक
बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत भएका थिए।

काठमाडौं— प्रमुख प्रतिपक्षी सहितका विपक्षी दल विरोधमा उभिँदा पनि प्रतिनिधिसभाको बैठक अघि बढाउन खोजेकोमा आपत्ति जनाउँदै सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

त्यसको समीक्षा गर्न कांग्रेसले शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरूको विरोधकाबीचमा सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएका थिए।

उनले राष्ट्रपति कार्यालयबाट प्राप्त भएका दुईटा पत्र समेत पढेर सुनाएका थिए। 'सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नु भएन विरोधकाबीच अघि बढ्न कोसिस गर्नुभयो,' कांग्रेस सांसद रामहरि खतिवडाले भने।

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:५२
Weather Update