News Griha :: न्यूजगृह
प्रतिनिधि सभामा सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच धकेलाधकेल

काठमाडौं— प्रतिनिधि सभा बैठकमा तनाव सिर्जना भएको छ। सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबीच धकेलाधकेल भएको छ।

बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत भए। 

धकेला धकेलकै क्रममा गुरुङ ओलीमाथि जाइलागेका थिए। 

एमाले सांसदहरू महेश बर्तौला, ठाकुर गैरे लगायतले गुरुङलाई छेकेका थिए। संसद्मा तनावको अवस्था आएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:१५
Weather Update