शेखर कोइरालाको आरोप– केपी ओली संसद् विघटनको बाटोमा जाँदैछन् बिहीबार, जेठ ३, २०८१

कांग्रेस अडानबाट लचक नभएपछि संसद्का दुवै सदनको बैठक प्रभावित बिहीबार, जेठ ३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानका कारण संघीय संसद्का दुवै सदनको बैठक प्रभावित भएको छ।बिहीबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको थियो। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि जस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको...
-1715843430.jpg)
गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री ओलीकै पालामा भएको होः देउवा बिहीबार, जेठ ३, २०८१ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रष्ट पारेका छन्। उनले एमालेकै पालामा सो जग्गा बिक्री भएको भन्दै ओलीलाई आफ्नो पालामा गरेको निर्णयलाई हो भन्न किन नसकेको भनि उल्टो प्रश्न गरे।
-1715842194.jpg)
सुदूरपश्चिममा विपक्षीको विरोधकाबीच मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत बिहीबार, जेठ ३, २०८१ सुुदूरपश्चिम प्रदेशमा विपक्षीहरुको विरोधकाबीच मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। आजको बैठकमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षका प्रदेश सभा सदस्यहरुले विरोध जनाएका थिए। विरोधकैबीच पनि रोस्टममा पुगेर मुख्यमन्त्री सोडारीले विश्वासको मत मागेका थिए।

संसद् बैठक ४ बजेसम्मलाई सर्यो बिहीबार, जेठ ३, २०८१ प्रतिनिधि सभा बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि बैठक ४ बजेसम्मका लागि सारिएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। बिहीबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले छानबिन...

सभामुखलाई फोन गरेर प्रधानमन्त्रीले भने– गृहमन्त्रीलाई बोल्न दिनेगरी कांग्रेससँग सहमति गर्दैछु बिहीबार, जेठ ३, २०८१ संसद्को जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस नेताहरुसँग छलफलमा जुटेका छन्। केहीबेरअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच फोन सम्पर्क भएको र प्रधानमन्त्रीले आफू कांग्रेसलाई सहमतिमा ल्याउन लागिपरेको बताएका हुन्। सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीले सभामुखसँग आज संसद् बैठक निर्धारित समय भन्दा केही ढिला गरी बस्ने वातावरण मिलाउन आग्रह...

संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको ‘एसएमएस’ बिहीबार, जेठ ३, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। कांग्रेसले सबै सांसदहरुलाई मोबाइलमा ‘एसएमएस’ मार्फत् अनिवार्य उपस्थित हुन भनेको हो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले निरन्तर संसद्मा अवरोध गर्दै आइरहेको छ।

संसद् बैठक अझै सुरु भएन, अवरोध हटाउन छलफलमा सभामुख बिहीबार, जेठ ३, २०८१ सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन्।सभामुखले प्रधानमन्त्री दाहालसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग आफ्नो कार्यकक्षमा सामूहिक...
-1715836389.jpg)
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा कांग्रेस र नाउपा रेशम पक्षको अवरोध, ३० मिनेटका लागि स्थगित बिहीबार, जेठ ३, २०८१ सुदूरपश्चिम प्रदेश सभा बैठकमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका प्रदेश सभा सदस्यहरुले अवरोध खडा गरेको छन्। आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बसेको थियो। तर कांग्रेस र नाउपा ५ प्रदेश सभा सदस्यले सुरुमै अवरोध खडा गरेको थियो। बैठकमा बोल्दै नाउपाका प्रदेश सभा...

सुदूरपश्चिममा माओवादीले दलको नेताबाट हटाइएका भट्टलाई वरियतामा माथि राख्ने बिहीबार, जेठ ३, २०८१ सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई दलको वरियताको सबैभन्दा माथि राख्ने भएको छ। आज बसेको सुदूपश्चिम प्रदेश सभा माओवादी केन्द्रको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रदेश सभा सदस्य ओम विक्रम भाटले जानकारी दिए।

एकीकृत समाजवादीको महाधिवेशनमा साझा दस्तावेज पेस हुने बिहीबार, जेठ ३, २०८१ नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ। पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गर्नुभएको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने बिहीबार, जेठ ३, २०८१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार विश्वासको मत लिँदै छन्।बिहान १०:३० बजे बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची छ।सत्ता साझेदार नेकपा एमालेले विश्वासको मत दिने निर्णय गरेपछि मुख्यमन्त्री सोडारी प्रक्रियामा जान लागेका हुन्।

प्रतिनिधि सभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने बिहीबार, जेठ ३, २०८१ संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बिहीबार बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ। सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ।